काठमाडौं - अन्ततः एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल गठनको प्रक्रिया सुरु गरेका छन् । यदि अध्यक्ष केपी ओली नसच्चिए केही दिनभित्रै निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइनेछ ।
नेपाल पक्षले नेकपा एमाले जोडेर नयाँ दल दर्ता गर्ने विकल्पमा छलफल गरिरहेको बुझिएको छ । नेपाल निकट एक नेताका अनुसार अहिलेसम्म नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्पमा छलफल हुँदैछ ।
तर एमाले (समाजवादी) पार्टी नाम राख्ने र चुनाव चिह्न कलम राख्ने निश्चित जस्तै भएको बुझिएको छ ।
एमाले नेता नेपालले अब पार्टीमा बस्न सक्ने अवस्था नरहेकाले एमाले पुनर्गठन गर्ने मंगलबार नै बताइसकेका छन् । एमालेको नवौँ महाधिवेशनबाट पारित विधानमा थोरै परिमार्जन गरेर अध्यक्ष, अन्य पदाधिकारी र केन्द्रीय कमिटी रहेको संरचना नै प्रस्ताव गरिने बताइएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिने भएको छ । माधव नेपाललाई झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवालीलगायतको बलियो समर्थन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।