काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेकपा एमाले पार्टी विभाजन गर्न सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले मंगलबार पारित गरेर सिफारिस गरेको अध्यादेश जारी गरिएको हो । अध्यादेश जारी भएसँगै दल सम्बन्धी कानूनमा हेरफेर भएको छ ।
राष्ट्रपति कार्यालय प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्दै जनाएका छन्, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नुभएको छ । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ ।’
राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै संसदीय दल वा केन्द्रीय कमिटीमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन र झण्डै पार्टीविहीन अवस्थामा पुगेका महन्थ ठाकुर तथा राजेन्द्र महतोलाई राहत पुग्ने गरी अध्यादेश आएको छ । अध्यादेशका आधारमा नेता माधवकुमार नेपाल पक्षले अब एमाले पार्टी विभाजन गर्ने भएको छ ।
पढ्नुहोस् विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।