आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीबाट दल विभाजन अध्यादेश जारी, एमाले फुट्ने

राष्ट्रपति भण्डारीबाट दल विभाजन अध्यादेश जारी, एमाले फुट्ने

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 5.7K
    SHARES

  • राष्ट्रपति भण्डारीबाट दल विभाजन अध्यादेश जारी, एमाले फुट्ने

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट पार्टी विभाजन गर्न सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले मंगलबार पारित गरेर सिफारिस गरेको अध्यादेश जारी गरिएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।

    राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै संसदीय दल वा केन्द्रीय कमिटीमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन र झण्डै पार्टीविहीन अवस्थामा पुगेका महन्थ ठाकुर तथा राजेन्द्र महतोलाई राहत पुग्ने गरी अध्यादेश आएको छ । अध्यादेशका आधारमा नेता माधवकुमार नेपाल पक्षले अब एमाले पार्टी विभाजन गर्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend