आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दल विभाजन अध्यादेशबाट उपेन्द्रलाई कति घाटा, महन्थलाई कति नाफा ?

दल विभाजन अध्यादेशबाट उपेन्द्रलाई कति घाटा, महन्थलाई कति नाफा ?

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 4.3K
    SHARES

  • दल विभाजन अध्यादेशबाट उपेन्द्रलाई कति घाटा, महन्थलाई कति नाफा ?

    काठमाडौं – निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको छ । ठाकुर पक्षका १२ सांसदको पद के हुने भन्ने अन्योल छ ।

    तर प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गर्नुअघि उनै नेता ठाकुरसँग कुराकानी गरेका छन् । 

    अध्यादेशले ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न सहज हुने उनीनिकट नेताहरू बताउँछन् । यादव पक्ष अध्यादेशको विपक्षमा रहेको छ । 

    ‘उपेन्द्रजीसँग पार्टी एकता हुने सम्भावना सकिएको छ,’ नेता केशव झाले भने, ‘तर अध्यादेशको विषयमा हाम्रो बैठकपछि मात्रै धारणा सार्वजनिक गर्छौं ।’ यादव पक्षले मंगलवारको बैठकमा नबोलाएको झाले बताएका छन् ।  

    सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे नयाँ दल गठन गर्न सकिने व्यवस्था सहितको अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ।  ‘हामीसँग ४० प्रतिशत छ,’ झाले भने । 

    अध्यादेशका सबै प्रावधान हेरेपछि धारणा बनाउने नेता जितेन्द्र सोनलले बताएका छन् । ‘अध्यादेश संविधानविपरीत छैन,’ सोनलले भने, ‘राजनीतिक रुपमा अहिले विषम परिस्थिति छ । अध्यादेश आउनु राम्रो कुरो हो ।’ 

    तर आधिकारिकताबारे सर्वोच्च अदालतबाट मुद्दाको छिनोफानो नभएसम्म आफूहरु जसपामै रहने उनले बताएका छन् । 

    यादव पक्षका नेता राजकिशोर यादवले भने प्रतिनिधिसभा अधिवेशन अन्त्य गरी ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने प्रतिक्रिया दिएका छन् । ‘यो अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउँछ । राजनीतिक दलहरूलाई क्षतविक्षत बनाउँछ,’ उनले भने, ‘दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ ।’ 

    सरकारले अध्यादेशमा ३० प्रतिशतको तयारी गरे पनि ठाकुरको आग्रहमा २० प्रतिशतको व्यवस्था राखिएको स्रोतले बतायो । जसपाका ३४ सांसदमध्ये ठाकुर पक्षमा १२ जना रहेका छन् । जुन ३५ प्रतिशत हो । तर पार्टी विभाजन गर्दा कतिपय सांसदले साथ दिन नसक्ने अनुमानका आधारमा ठाकुरले नै २० प्रतिशत राखेर अध्यादेश ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेको जनाइएको छ ।

    ‘माधवकुमार नेपाल पक्षलाई नेकपा एमाले फुटाउन यो अध्यादेश ल्याएको हो । अब अरु पार्टीलाई पनि फुटाउन यसले सजिलो बनाएको छ,’ लेखक तथा राजनीतिक विश्लेषक तुलानारायण साहले भने, ‘यो अध्यादेशले ज–जसलाई फाइदा पुग्छ सबैले उपयोग गर्छन् ।’

    अध्यादेश ल्याउने निर्णय भएसँगै ठाकुर पक्षका केही नेता पुरानो पार्टी ब्युँत्याउन जुटेका छन् । 

    लेखक तथा पत्रकार नित्यानन्द मण्डलले भने अध्यादेशले उपेन्द्र यादवलाई मधेशमा झनै बलियो बनाउने दाबी गरेका छन् । ‘तर महन्थ ठाकुर कमजोर बन्नुहुन्छ,’ उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend