आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब देउवाविरुद्ध लागे बाबुराम भट्टराई, देउवामा ओली प्रवृत्ति देखियो !

अब देउवाविरुद्ध लागे बाबुराम भट्टराई, देउवामा ओली प्रवृत्ति देखियो !

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 4.0K
    SHARES

  • अब देउवाविरुद्ध लागे बाबुराम भट्टराई, देउवामा ओली प्रवृत्ति देखियो !

    काठमाडौं – सत्तारुढ गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय रहेको बताए ।

    ‘ओली गए पनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो । जसले गरे पनि संसद अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलतभन्दा गठबन्धनको विरोध नठानियोस् !’

    नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी मंगलबार मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend