न्युयोर्क - संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानका स्थायी प्रतिनिधि गुलाम एम इसाकजाईले तालिबानले युद्धग्रस्त देशमा बर्बरतापूर्ण कार्यहरु गर्न अन्तरराष्ट्रिय आतंकवादी नेटवर्कले सहयोग गरिरहेको बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय आतंकवादी नेटवर्कहरुले अफगानिस्तानमा तालिबानी समूहका लागि लडाकूहरु पठाएर सहयोग गरिरहेको बताएका हुन् ।
अफगानिस्तानमा भइरहेको बर्बरतापूर्ण गतिविधिमा अफगानिस्तान एक्लै नभएकोसमेत उनले बताएका छन् । तालिबानीहरुलाई विदेशी लडाकूहरुले अन्तर्राष्ट्रीय आतंकवादी नेटवर्कले सहयोग गरिरहेको दाबी गरेका छन् । ती आतंकवादी समूहले अफगानिस्तानबाहिर पनि शान्ति, सुरक्षा र स्थिरतामा खतरा पुर्याइरहेको उनले बताए ।
न्यु योर्कमा अफगानिस्तान मामिलाका विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै गुलाम एम इसाकजाईले आतंकवादी समूहले विदेशी लडाकुहरुको प्रत्यक्ष सहयोगमा ३१ वटा प्रान्तहरुमा ५,५०० भन्दा बढी हमला गरेको जानकारी गराएका छन् ।
अप्रिलको मध्यदेखि, तालिबान र उनीहरु सम्बद्ध विदेशी आतंकवादी समूहहरु अल कायदा, लश्कर ए तैयबा, तेहरिक ए तालिबानसहित २० समूहका १० हजारभन्दा बढी विदेशी लडाकुहरुको प्रत्यक्ष समर्थनमा ३१ वटा प्रान्तहरुमा ५,५०० भन्दा बढी हमला भएको उनले जानकारी गराएका हुन् ।
उनले तालिबानी समूहलाई खाद्यान्न पाकिस्तानबाट आपूर्ति भइरहेको र अधिकांश आतंकवादी समूहले तालिबानी समूहलाई पाकिस्तानमा रहेर सहयोग गरिरहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।