काठमाडौं – यसै भदौ ४ गते प्रदेश स्थापना दिवसको अवसर पारेर कर्णाली सरकार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको दिन बिदा हुने जनाएको छ ।
बिदाका दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द हुनेछन् ।
मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवस भनिएको छ । कर्णाली प्रदेश प्राप्तिका आन्दोलनमा ४ जनाको ज्यान समेत गएको थियो ।
शहीदको सम्झनामा प्रदेश स्थापना तथा शहीद दिवस मनाउने गरिएको छ ।
कर्णाली सरकारले यस वर्ष कृष्ण जन्माष्टमी र असोज शुक्ल पूर्णिमाका दिन समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।