काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा २ नम्बर प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मंगलबार विज्ञप्ति जारी गर्दै २ नम्बर प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका जानकारी दिए ।
विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

यसअघि प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरिएको थियो । विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री राजेश झालाई पदमुक्त गर्नुभएको छ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।