आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादव र महन्थ ठाकुरको झगडामा सर्वाेच्चबाट यस्तो आदेश

उपेन्द्र यादव र महन्थ ठाकुरको झगडामा सर्वाेच्चबाट यस्तो आदेश

  • मिडिया डबली
  • सोमवार, श्रावण ३२ २०७८

  • 6.5K
    SHARES

  • उपेन्द्र यादव र महन्थ ठाकुरको झगडामा सर्वाेच्चबाट यस्तो आदेश

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमवार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    अदालतले आयोगको निर्णयलाई नै मान्यता दिँदै ठाकुरको माग अस्वीकार गरेको छ । ठाकुर पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराई लगायतले बहस गरेका छन् ।

    अध्यक्ष उपेन्द्र यादवको पक्षबाट महादेव यादव, हरिहर दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेलले बहस गरेका छन् ।

    यस्तो छ आदेश –

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०६:४२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend