काठमाडौं - माओवादी केन्द्रका नेताहरू नयाँ सरकार बनेलगत्तै आफन्त नियुक्तमा केन्द्रित हुन थालेका छन् । पछिल्लो समय माओवादीले सम्हालेका मन्त्रालयमा धमाधम आफन्त, भाइभतिजा नियुक्त हुन थालेका छन् ।
माओवादी केन्द्रमा बौद्धिक नेता मानिने अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक नियुक्तिमा परिवारवादलाई महत्व दिएपछि यसको व्यापक आलोचना हुन थालेको छ ।
शर्माले एसियाली विकास बैंकको सल्लाहकारमा शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जीज्वाइँ भीमकान्त न्यौपानेलाई पठाएका छन् । मासिक १८ लाख तलब सुविधा पाउन शर्माले भान्जीज्वाइँ न्यौपानेलाई एडीबीमा पठाउने निर्णय गरेको हुन् ।
ओली सरकार पदमुक्त हुने १५ दिनअघि उपसचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो । तर अहिले शर्माका ज्वाइँ न्यौपानेलाई पठाउने निर्णय गरिएको छ ।
एडीबीको उक्त पद दुई वर्षका लागि हुन्छ । मासिक लगभग १८ लाख रुपैयाँ तलब हुने उक्त पद आकर्षक मानिन्छ ।
अर्थ मन्त्रालयका कनिष्ट शाखा अधिकृतलाई भान्जीज्वाइँ भएकै कारण मनिलास्थित एडीबीको सल्लाहकारमा पठाएर सुशासनकै धज्जी उडाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।