काठमाडौं – लुम्बिनीमा प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौं अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले शनिबार सूचनामार्फत जनाएको छ ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३(१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जनाएका छन् ।
प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कूलप्रसाद केसीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आकलन गरिएको छ ।
नयाँ मुख्यमन्त्री केसीले पहिलोपटक प्रदेशसभा अधिवेशनको सामना गर्दैछन् । यसअघि केसी मन्त्रीको रूपमा प्रदेशसभामा उपस्थित भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।