आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

के लुम्बिनी प्रदेश सभा भंग भएर राष्ट्रपति शासन लागू होला ?

के लुम्बिनी प्रदेश सभा भंग भएर राष्ट्रपति शासन लागू होला ?

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 4.6K
    SHARES

  • के लुम्बिनी प्रदेश सभा भंग भएर राष्ट्रपति शासन लागू होला ?

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । लुम्बिनी प्रदेशमा राजनीतिक उथलपुथल भएपछि केन्द्र सरकार चिन्तित बनेको छ ।

    प्रधानमन्त्री केपी ओली आफ्ना सबैभन्दा विश्वास पात्र पोखरेलको पद जाने भयले हतार हतार राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगे । 

    स्थायी कमिटी बैठक बीचमै छाडेर शीतल निवास पुगेका ओलीले लुम्बिनी प्रदेश सभा भंग गरी त्यहाँ राष्ट्रपति शासन लागू गर्न सिफारिस गरेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले भने अहिलेसम्म प्रधानमन्त्रीसँग भएको भेटबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

    राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्तापछि राजनीतिक वृत्तमा लुम्बिनी प्रदेश सभा भंग गरी राष्ट्रपति शासन लागू हुने वा स्वास्थ्य संकटकाल लागू गर्नेमध्ये कुनै एक घोषणा हुन सक्ने आकलन गरिएको छ ।

    आफ्नो एकल सरकार बन्न सक्ने अवस्था नभए प्रदेश सभा नै भंग गर्ने सल्लाह एमालेका बहुमत स्थायी कमिटी सदस्यले दिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७१०:४३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend