आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जम्मु काश्मीर प्रहरीले भन्यो - उपत्यकाभरको स्थिति शान्तिपूर्ण छ, कुनै अप्रिय घटना भएको छैन 

जम्मु काश्मीर प्रहरीले भन्यो - उपत्यकाभरको स्थिति शान्तिपूर्ण छ, कुनै अप्रिय घटना भएको छैन 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 4.5K
    SHARES

  • जम्मु काश्मीर प्रहरीले भन्यो - उपत्यकाभरको स्थिति शान्तिपूर्ण छ, कुनै अप्रिय घटना भएको छैन 

    श्रीनगर - जम्मु काश्मीर प्रहरीले जम्मु काश्मीर उपत्यकाभरको स्थिति शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना पनि नभएको जनाएको छ । सन् २०१९ को अगस्त ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले धारा ३७० खारेज गरेपछि जम्मु काश्मीर उपत्यकामा स्थिति शान्तिपूर्ण रहेको बताएको छ । 

    धारा ३७० को खारेजीको दोस्रो वार्षिकोत्सवको अवसरमा उपत्यकाभर विभिन्न कार्यक्रमहरु गरिएका छन् । यसबीचमा पनि कुनै विरोधका घटनाहरु नभएको र धारा ३७० ले जम्मु काश्मीर उपत्यकाको समग्र विकासमा ठूलो टेवा पुगेको जनाइएको छ । 

    प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै कश्मीर उपत्यकामा स्थिति शान्तिपूर्ण बनेको र कुनै ठाउँबाट कुनै अप्रिय घटनाको रिपोर्ट नगरिएको जनाइएको छ ।  यसबाहेक बजार र यातायातहरु पनि सामान्यरुपमा सञ्चालन भएका छन् भने सबै प्रकारका पसलहरु खुला रहेका छन् । सार्वजनिक र निजी यातायात सामान्यतया उपत्यकाभर चलिरहेका छने । 

    दैनिक गतिविधिहरुको अलावा धारा ३७० खारेजीको खुसीयालीमा राष्ट्रिय झण्डा फहराउने, विभिन्न र्‍यालीहरु गर्ने, औपचारिक कार्यक्रमहरु गर्नेलगायतका गतिविधिहरु गरिएका छन् । यसबाहेक, विभिन्न राज्य समारोहहरु पनि लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हा र सदस्यहरुको सहभागीतामा आयोजना गरिएको थियो । 

    दक्षिण कश्मीर ११ र श्रीनगर क्लबबीच सिंथेटिक टर्फ टीआरसीमा तालिका अनुसार एक महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । सामान्य जनताको सहयोगले उपत्यकाको शान्तिपूर्ण स्थितिमा मात्र नभई सीमापारबाट आतंकवादका घटनामा पनि उल्लेख्य सुधार भएको पाइएको छ । 

    आधिकारिक विज्ञप्तिमा यो पनि सूचित गरिएको छ कि कश्मीर उपत्यकामा कुनै पनि कानून र व्यवस्थाविरुद्ध कुनै पनि गतिविधिहरु भएका छैनन् । 

    मुख्य चौक सोपोरमा गोली हानाहानको बारेमा समाचारको सन्दर्भमा जम्मु र कश्मीर प्रहरीले त्यस्तो कुनै घटना नभएको स्पष्ट पारेको थियो । प्रहरीले मिडिया हाउसहरुलाई सम्बन्धित क्वार्टरहरु बाट तथ्य प्रमाणित गरेपछि मात्र समाचार सम्प्रषण गर्नसमेत आग्रह गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ७ २०७७०२:४३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend