बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 3.6K
    SHARES

  • अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

    अफगानिस्तान - जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध र उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्यो । उक्त रिपोर्टका अनुसार अलकायदा अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरमध्ये १५ मा सक्रिय रहेको देखिएको छ ।

    ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकूहरु रहेको समेत पाइएको छ । रुसी सं३को उत्तरी काकेशस क्षेत्र, पाकिस्तान र अफगानिस्तान सरकारसँग लडिरहेको चीनको सिन्जियाङको उइगर स्वायत्त क्षेत्रका व्यक्तिहरु संलग्न भएको पाइएको हो । 

    संयुक्त राष्ट्र सुरक्षा परिषद्को रिपोर्टको अनुगमन टोलीले सन् २०२० को फेब्रअरीमा दोहामा अमेरिकी प्रशासन र पाकिस्तानमा रहेका तालिबान नेतृत्व परिषद्, अलकायदा र तालिबान गठबन्धन, अन्तर्राष्ट्रिय आतंकवाद, र अमेरिकी प्रशासन र तालिबानबीच सम्झौतामा हस्ताक्षर भएदेखि नै शान्तिपूर्ण प्रयासबारे छलफल गरेको हो । रिपोर्ट, तथापि, अफगानिस्तानमा युद्धको प्रमुख र अन्तर्निहित कारण पहिचान गर्न असफल भएको थियो ।

    अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धको लेखक क्रिस अलेक्जेन्डर,  र २००५ र २००९ सम्मअफगानिस्तान को लागी संयुक्त राष्ट्र संघको पूर्व उपविशेष प्रतिनिधिसँग एक भर्चुअल कुराकानीमा क्रिसले केही अलकायदाका नेताहरु अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएका छन् । उक्त टोली प्रतिनिधि क्रिसका अनुसार विभिन्न प्रतिवेदनहरु, पत्रकारहरुका आधिकारिक स्रोत, अनुसन्धानकर्ताहरु, पाकिस्तानी अधिकारीर र पूर्व अनुसन्धानका अधिकारीहरुको अनुसार अलकायदा संरचनात्मकरुपमा पाकिस्तानमा बस्दै आएको छ । 

    सन् १९९८ मा अलकायदाको गठन भएदेखि नै आतंकवादी समूहका शीर्ष नेताहरु पाकिस्तानमा बस्दै आएका छन् । तर, प्रतिवेदनमा भने उनीहरु पाकिस्तानमा बसेको बारे उल्लेख गरिएको छैन । कि गरिएन भन्ने प्रश्नको जवाफमा क्रिसले भने, यदी यसबारे उल्लेख गरिएको अवस्थामा उनीहरुले पाकिस्तानमा मुल मुद्दाका विषयमा सम्झौता गर्न सुरु गर्छन । त्यसपछि अफगानिस्तान र पाकिस्तानको प्रोक्सी युद्ध वास्तविक सशस्त्र युद्धमा परिणत हुन्छ र एसियाको शान्ति र स्थिरता नै खलबलिन्छ ।

    यसको परिणाम अन्य छिमेकी मुलुकहहरुमा पर्न जाने भएकोले यसबारे उल्लेख नगरिएको जनाइएको छ । उनका अनुसार हरेक वर्ष अलकायदा र अन्य आतंवादी समूहका हजारौं लडाकूहरु मारिने गरेको भएकोले पनि उनीहरुले अहिले कुनै ठूलो गतिविधि सञ्चालन गरेका छैनन् । 

    पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि भने तालिबानी लडाकू समूहसँग मिलेर अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्दै क्षेत्र कब्जा गर्ने गरेका छन् । त्यसैगरि हक्वानी समूहले पनि अलकायदासँग मिलेर विभिन्न आतंकवादी गतिविधिहरु सञ्चालन गरिरहेको पाइएको छ । 

    सन् २०२० को अमेरिका र तालिबानीबीचको शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धी अमेरिकी सेनाको फिर्ता भएको र हजारौं तालिबानी कार्यकर्ताहरुको रिहाइ भएको बताइएको छ । तर, नाटो र अमेरिकी सेना फिर्तापछि पनि तालिबानी समूहले सत्ता कब्जा नगरेसम्म युद्धलाई जारी राख्नसक्ने चेतावनी भने दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend