बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली सरकारकै पालामा भयो कोरोनाको खोप खरिदमा यत्रो गडबडी !

ओली सरकारकै पालामा भयो कोरोनाको खोप खरिदमा यत्रो गडबडी !

  • मिडिया डबली
  • आइतवार, श्रावण २४ २०७८

  • 4.1K
    SHARES

  • ओली सरकारकै पालामा भयो कोरोनाको खोप खरिदमा यत्रो गडबडी !
    फाइल तस्वीर

    काठमाडौं - प्रधानमन्त्रीबाट पदमुक्त भएर बालकोट आएपछि एमाले अध्यक्ष केपी ओलीले भनेका थिए– ‘अहिलेको सरकारले खोप किन्नै पर्दैन, सबै नेपालीलाई मेरै पालामा खोप खरिद भइसकेको छ ।’ ओलीको यो अभिव्यक्तिलाई धेरैले सामान्य रूपमा लिए । 

    तर ओली सरकारले महँगोमा एक करोड डोज खोप खरिद गरेको बुझिएको छ । चीनले नेपाललाई अनुदान र खरिद गरेको दुवै खोप पठाउँदै आएको छ । अनुदानका सबै र खरिद गरेको ४० लाख डोज भेरोसेल खोप पनि नेपाल आइपुगेको छ । 

    सरकारले आगामी साता चीनबाट थप ६० लाख डोज खोप ल्याउँदैछ । त्यसका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गर्न निर्देशन दिइसकेका छन् । 

    पहिले आइसकेको ४० लाख र अब आउन लागेको ६० लाख डोज खोप ओली सरकारकै पालामा कमिसनकै लागि महँगोमा खरिद गरिएको स्वास्थ्य सेवा विभाग स्रोतले मिडियाडबलीलाई बताएको छ ।

    एक करोड भेरोसेल खोप खरिद गर्ने बेलामा ओली सरकारको पालामा निकै लफडा भएको थियो । १९ दिन स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङले प्रतिडोज १६ अमेरिकी डलरमा खोप खरिदको सम्झौता गरेको स्रोतले बताएको छ ।

    जबकि चीन सरकारले प्रतिडोज १२ डलरमै खोप उपलब्ध गराउने तयार रहेको जनाएको थियो । तर, खोपको मूूल्य सार्वजनिक हुँदा कमिसनको विषय बाहिर आउने भएकाले दुवै पक्षले मूल्य सार्वजनिक नगर्ने सहमति गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । 

    ओली सरकारले खोप खरिदमा राम्रै कमिसन खाए पनि वर्तमान सरकारले ताकेता गरेरै सबै खोप चाँडै ल्याएर नागरिकलाई लगाइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend