आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्रीको निजी सचिवालयविरुद्ध किन उत्रिए कांग्रेस नेताहरू ? हुन थाल्यो यस्तो प्रहार !

प्रधानमन्त्रीको निजी सचिवालयविरुद्ध किन उत्रिए कांग्रेस नेताहरू ? हुन थाल्यो यस्तो प्रहार !

  • कृष्ण प्रसाद पहाडी
  • शुक्रवार, श्रावण २२ २०७८

  • 6.3K
    SHARES

  • प्रधानमन्त्रीको निजी सचिवालयविरुद्ध किन उत्रिए कांग्रेस नेताहरू ? हुन थाल्यो यस्तो प्रहार !

    काठमाडौं - पाँचौंपटक काकताली परेर प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालयको फुर्ति पछिल्लो समय निकै बढेको छ ।

    हिजो एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा जसरी निजी सचिवालयले उनलाई डुबाएको थियो, त्यही नियति देउवाको पनि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र मिडियामा निकै आलोचना हुन थालेको छ ।

    ‘मलाई शेरबहादुर मन पर्छ किनभने’ भन्दै विभिन्न व्यक्तिलाई भिडियोमा देखाएर देउवाको प्रशस्तिगान गाउन लगाइएपछि चौतर्फी आलोचना भइरहेको हो । त्यही भएर अहिले देउवालाई ओलीको दोस्रो अवतारको रूपमा प्रचार गर्न थालिएपछि पार्टीभित्रै तीव्र असन्तुष्टि बढ्न थालेको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवाबारे बनाइएको भिडियोप्रति आपत्ति जनाएका छन्। देउवा प्रधानमन्त्री भएयता उनको सचिवालयले देउवाले गरेका राम्रो काम भन्दै सामाजिक सञ्चालमा भिडियोमार्फत प्रचार थालेको थियो। उनले त्यसप्रति आपत्ति जनाउँदै भिडियोको गाईजात्रा तत्काल बन्द गर्न आग्रह गरेका छन्। 

    ‘अब बन्छ नेपाल’ फेसबुक पेज र भाइबारमार्फत देउवाको काम राम्रो भन्दै केही भिडियो अपलोड भएका छन्। 

    ट्वीटरमा खड्काले लेखेका छन्, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु।’

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि देउवाको बारे बनाएको भिडियोको आलोचना गरेका छन् । उनले देउवाको निजी सचिवालयलाई यसबारे असन्तुष्टि जनाइसकेको बताएका छन् । आफ्नै पार्टीका नेताले समेत आपत्ति जनाउने गरी त्यस्ता भिडियो बनाउन देउवाको सचिवालयलाई कसले सल्लाह दिएको होला भन्दै आलोचना हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend