सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना नियन्त्रणमा लागेका दुई काश्मीरीका छुट्टाछुट्टै कथा 

कोरोना नियन्त्रणमा लागेका दुई काश्मीरीका छुट्टाछुट्टै कथा 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २२ २०७८

  • 6.2K
    SHARES

  • कोरोना नियन्त्रणमा लागेका दुई काश्मीरीका छुट्टाछुट्टै कथा 

    काश्मीर - जब कारोना महामारी नियन्त्रणका लागि जम्मु काश्मीर प्रशासनले लकडाउनजस्ता कडा प्रतिबन्धहरु जारी गर्यो, तब एलओसी र पीओकेका नागरिहरुले निकै ठूलो समस्याहरुको सामना गर्नुपर्यो ।

    पाकिस्तान प्रशासित काश्मीरमा कोरोना महामारीले संकटको अवस्थामा पुर्याएकै समयमा निर्वाचन आयोगले ४५ सिटको विधान सभा निर्वाचनका लागि मिति तय गर्यो । नेशनल कमाण्ड र अपरेसन सेन्टर (एनसीओसी) ले चुनावको मिति पछि सार्न आग्रह गर्दा पनि आयोग भने मिति सार्न मानेन । 

    कोरोना महामारीकोबीचमा निर्वाचन भयो । पीओकेका प्रमुख निर्वाचन आयुक्तलाई एनसीओसीले लेखेको पत्रमा कोरोना संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भइरकोले केही समय पछि सार्न आग्रह गरिएको छ । कोरोना महामारीबीच चुनाव आयोजना गर्दा चुनावी सभामा र राजनीतिक सम्मेलनहरुमा हुने ठूलो भीडहरुले कोरोना संक्रमण फैलिने जोखिम निकै बढ्ने उक्त पत्रमा उल्लेख गरिएको थियो । 

    जीओ न्युजका अनुसार पीओकेमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । पीओकेका प्रमुख फारुक हैदरले पनि प्रधानमन्त्री इमरान खानलाई चुनावमा कुनै हस्तक्षेप नगर्न चेतावनी दिएका थिए । पीओकेमा निर्वाचन सुरु भएपछि १० जनाबाट बढेर कोरोना भाइरस संक्रमितको संख्या एकैदिनमा १२४ पुग्यो भने तीनजनाको मृत्यु भयो । पीओकेमा हालसम्म २० हजार ९३५ जनामा संक्रमण देखिएका छ भने ५९४ जनाको मृत्यु भएको छ । 

    तर, जम्मु काश्मीरमा भने कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउन र स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको छ । जम्मु काश्मीर प्रशासनले स्थानीयहरुलाई कोरोनाविरुद्धका स्वास्थ्य सामग्रीहरु मास्क, स्यानीटाइजरलगायतका वितरण गरिएका थिए भने खानाको अभाव हुनेहरुलाई खानासमेत उपलब्ध गराइएको थियो । 

    जम्मु काश्मीरमा आवश्यक सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना र समस्यामा परेकाहरुलाई आवश्यक सामग्रीहरु र संक्रमितहरुको तत्तकाल उपचार गराइरहँदा पीओकेमा भने निर्वाचनको चटारो थियो भने कसैले स्वास्थ्य मापदण्को पालना गरेको थिएन । पीओकेमा धेरैलाई खाद्यान्न अभाव हुँदा ठूलो समस्याको समाधान गर्नुपर्यो । केन्द्र सरकारले पनि उक्त अभावको पूर्ती गर्न सकेन । 

    अहिले पीओकेमा कोरोना भाइरसको संक्रमण भुसको आगोजस्तै गरि सल्किरहेको छ । कारोनाविरुद्धको खोपका प्रसंगका हेर्दा पनि जम्मु काश्मीरमा कुल जनसंख्याको ७६ प्रतिशतलाई खोप लगाइएको छ । तर, भारतभर भने ३२ प्रतिशत खोप लगाइएको छ । यो अन्य राज्यहरुको तुलनामा सबैभन्दा बढी भएको बताइएको छ । 

    त्यसैगरि चार जिल्ला गान्देबल, जम्मु, साम्भा र सोफियामा त ४५ वर्षभन्दा माथिका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जम्मु काश्मीरमा कोरोना संक्रमितको उपचाकार लागि छुट्टै अस्पताल निमार्ण गरिएको छ । त्यसैगरि कोरोना महामारी नियन्त्रणका लागि भारतीय सेनाले पनि ठूलो सहयोग गरेका छन् ।

    विभिन्न क्षेत्रमा जनचेतना जगाउने, कोरोना परीक्षण अभियानहरु सञ्चालन गर्ने, स्वास्थ्य सामग्री वितरण गर्ने, स्वास्थ्य मापदण्डको पालना गराउने कुरामा भारतीय सेनाले पनि ठूलो सहयोग गरेको छ । 

    तर, पाकिस्तान प्रशासित काश्मीरमा भने कोरोना महामारीलाई गम्भीरतापूर्वक लिएको नपाइएको जनाइएको छ । भारत र पाकिस्तानका दुई काश्मीरमा कोरोना नियन्त्रणको परिदृश्य ठीक विपरीत देखिन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २२ २०७८०९:१९:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend