सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आजाद जम्मू कश्मीरमा भएको हिंसामा परि पीटीआईका दुई कार्यकर्ताको मृत्यु 

आजाद जम्मू कश्मीरमा भएको हिंसामा परि पीटीआईका दुई कार्यकर्ताको मृत्यु 

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०७८

  • 4.1K
    SHARES

  • आजाद जम्मू कश्मीरमा भएको हिंसामा परि पीटीआईका दुई कार्यकर्ताको मृत्यु 

    पाकिस्तान - आजाद जम्मू कश्मीर विधान सभा (एजेकेएलए) को ४५ सिटका लागि भइरहेको मतदानमा क्रममा हिंसा भड्किएपछि दुई पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई) का कार्यकर्ताको मृत्यु भएको छ । 

    आजाद जम्मु काश्मीरको कोटलीमा आइतबार भएको मतदानका क्रममा पीटीआई र पीपीपीका कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपका क्रममा पीटीआईका दुई कार्यकर्ताको मृत्यु भएको हो । 

    ४५ सिटका लागि भएको उक्त चुनावमा ७०० जनालो प्रतिस्पर्धा गरिरहेका छन् । करिब ३.२ मिलियन मानिसहरु मतदानमा सहभागी भएका थिए । दुई पार्टीबीचको झडपमा मृत्यु हुनेमा ४० वर्षीय जाहिर अहमद र ५० वर्षीय रमजान रहेका छन् । 

    पीपीपी र पीटीआई कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । त्यसपश्चात गोलीबारीमा अहमद घटनास्थलमै र रमजानको अस्पतालमा लैजानक्रममा बाटोमै मृत्यु भयो प्रहरीले जानकारी दिएको छ । 

    गुजर्नवालाको एउटा घटनामा पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) मतदान एजेन्टलाई मतदान केन्द्रहरूबाट निष्कासन गरिएको हो । पंजाब सरकारले शरणार्थीहरूका सिटहरूका लागि मतदान प्रक्रियामा प्रभाव पारिरहेको आरोप लागेपछि उनलाई निष्कासन गरिएको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २० २०७८१०:३४:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend