शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

देउवा सरकारको अर्काे भयंकर लोकप्रिय कदम : अब कुलमान घिसिङलाई नियुक्ति !

देउवा सरकारको अर्काे भयंकर लोकप्रिय कदम : अब कुलमान घिसिङलाई नियुक्ति !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 7.4K
    SHARES

  • देउवा सरकारको अर्काे भयंकर लोकप्रिय कदम : अब कुलमान घिसिङलाई नियुक्ति !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।

    लोडसेडिङ बढेर हैरान भएपछि जनस्तरमा कुलमान घिसिङको माग बढेका बेला देउवाले निर्देशन दिएका हुन् ।

    आवश्यक प्रक्रिया पूरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्री भुसाललाई निर्देशन दिइएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री देउवाको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिएको छ । आज मंगलवार ऊर्जामन्त्री पम्फा भुसालले कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेकी हुन् ।

    २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । चर्काे आलोचनाबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नियुक्त गरेका थिए । तर देउवा सरकार आएपछि ओलीको खराब नियुक्ति सच्याउँदै कुलमानलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend