आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भ्रष्टाचारीलाई च्याप्ने कि फाल्ने ? यस्तो अग्निपरीक्षामा अर्थमन्त्री शर्मा

भ्रष्टाचारीलाई च्याप्ने कि फाल्ने ? यस्तो अग्निपरीक्षामा अर्थमन्त्री शर्मा

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 5.6K
    SHARES

  • भ्रष्टाचारीलाई च्याप्ने कि फाल्ने ? यस्तो अग्निपरीक्षामा अर्थमन्त्री शर्मा

    काठमाडौं - देउवा सरकारका मन्त्रीमध्ये जनार्दन शर्मा अनुभवी मानिन्छन् । आफ्नो विषयमा उनी दक्षता राख्छन् पनि । त्यसैले निकै भर गरेर माओवादी केन्द्रले शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी प्रदान गरेको हो ।

    विगतमा ऊर्जामन्त्री र गृहमन्त्री भइसकेका शर्मालाई अहिले एउटा ठूलो चुनौती आइलागेको छ । जुन प्रकरण मिडियामा छताछुल्ल भएको छ ।  

    सर्वोत्तम सिमेन्टको गोल्डेस शेयर प्रकरणमा अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष चन्द्रसिंह साउदले आफ्नी छोरी र श्रीमतीको नाममा शेयर लिएको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबारसम्म स्पष्टीकरण बुझाउन भनिए पनि त्यसलाई अहिले गोप्य नै राखिएको छ ।

    बुक बिल्डिङमार्फत नेपालको सेयरबजारको इतिहासमै पहिलोपटक प्रिमियम मूल्यमा सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्दैछ । तर, नियामक निकायकै नेतृत्वमा बस्नेले एकाघरका सदस्यको नाममा सेयर ट्रान्सफर गरिएपछि यो विषय निकै चर्चामा छ । अहिले सबैको ध्यान ढुंगाना र साउदलाई कारबाही गरिन्छ कि गरिन्न भन्नेतिर गएको छ ।

    ढुंगानाकी छोरीको नाममा ११ हजार ९१२ कित्ता ट्रान्सफर भएको छ भने नेप्सेका प्रमुख चन्द्रसिंह साउदको श्रीमती सुशीलाकुमारी बोहराको नाममा पनि ११ हजार ९१२ कित्ता सेयर ट्रान्सफर भएको छ।

    आइपीओ बिक्री गर्नुअगावै आफ्ना परिवारको नाममा सेयर ट्रान्सफर भएको बिषयलाई धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना, नेप्सेका प्रमुख साउदले स्वीकार गरेका छन्।

    नियामकको कुर्चीमा बसेर आइपीओको मुखैमा रहेको कम्पनीको सेयर आफ्ना परिवारका सदस्यको नाममा ल्याउनुका पछाडि ठूलो खेल भएको अर्थ मन्त्रालयको बुझाई छ। 

    यस अगाडि पनि थुप्रै कम्पनीहरु पब्लिक कम्पनी बनेर पछि सर्वसाधारणको लागि आइपीओ जारी गरिसकेका छन्। तर नियामकको कुर्चीमा बस्नेहरुले यसरी खुलेआम आफ्ना परिवारको सदस्यको नाममा सेयर लिएको सायदै यो पहिलो घटना हो। यस्तो हर्कत गर्ने ढुंगाना र साउदलाई अर्थमन्त्री शर्माले कारबाही गर्छन् कि संरक्षण गर्छन् ? केही दिन कुर्नैपर्ने हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend