काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तारको चर्चाबीच जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको नाम समेत चर्चामा छ ।
कतिपय मिडियाले स्रोतको हवाला दिँदै बाबुरामले हिसिलालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई भेटेकोसम्म समाचार लेखेका छन् ।
जसपा नेत्री हिसिला यमी सांसद छैनन् । निर्वाचनका बेला उनी नयाँशक्ति पार्टीमा रहेकाले सांसद बन्ने मौकाबाट चुकेकी हुन् । वर्तमान सरकारमा सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउनेबारे खासै चर्चा भएको छैन ।
अध्यक्ष डा. भट्टराईले समेत सांसद नभएका आफ्ना आफन्तलाई मन्त्री बनाउने हल्ला सही नभएको जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘भुस्याहा कुकुर स्वर्ग पुगे पनि आची खोज्दै हिंड्छ रे ! वैकल्पिक शक्ति निर्माण र जसपाको एकता भत्काउन उद्यत तत्वहरुले अरू केही निहँु नपाएपछि हामीले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन खोज्दैछौं भन्ने झूटको बेलुन उडाउन थालेछन् ! झूटको भ्रममा नपर्न सबैसँग आग्रह ! आकाशतिर फर्केर कसैले नथुकोस् !’
प्रधानमन्त्री देउवा नेतृत्वको सरकार विस्तारमा ढिलाइ हुँदा राजनीतिक बजारमा अनेक चर्चा आउने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।