आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादव जसपा संसदीय दलको नेता निर्वाचित

उपेन्द्र यादव जसपा संसदीय दलको नेता निर्वाचित

  • मिडिया डबली
  • शनिवार, श्रावण १६ २०७८

  • 8.3K
    SHARES

  • उपेन्द्र यादव जसपा संसदीय दलको नेता निर्वाचित

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पार्टी संसदीय दलको नेता निर्वाचन भएका छन् ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यादवलाई संसदीय दलको नेता निर्वाचित गरेको हो ।

    निर्वाचनमा अध्यक्ष यादवको एकल उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित गरिएको नेता इस्तियाक राईले बताएका छन् ।

    नेता राईका अनुसार यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र यादव रहेका थिए ।

    निर्वाचन आयोगबाट जसपाको आधिकारिकता पाएपछि अध्यक्ष यादवले दल नेता चयनको प्रक्रिया अगाडि बढाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend