आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको नयाँ बोली : एमसीसी सम्झौताका सबै कागजात सदनमा पेश होस्

भीम रावलको नयाँ बोली : एमसीसी सम्झौताका सबै कागजात सदनमा पेश होस्

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 4.6K
    SHARES

  • भीम रावलको नयाँ बोली : एमसीसी सम्झौताका सबै कागजात सदनमा पेश होस्

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा सांसद भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीका सबै सम्झौता सदनमा पेश गर्न माग गरेका छन् ।

    आज शुक्रवार संसदको विशेष समयमा बोल्दै रावलले एमसीसी सम्झौता सदनबाट अनुमोदन नहुँदै गोप्य रुपमा अन्य सम्झौता भएकाले एमसीसीका सम्पूर्ण कागजात सदनमा जानकारी हुनुपर्ने बताए ।

    एमसीसी सम्झौताबारे पुरक सम्झौता नेपाली जनता र सदनले जानकारी पाउनैपर्ने रावलले बताएका छन् ।

    रावलले संसद बैठकमा भने, ‘हामी कुनै पनि देशबाट कुनै रकम लिएर नेपाली भूमिलाई कम्पनीको नाममा कुनै देशको अधिनमा जाने कुरा हामीलाई स्वीकार्य हुने छैन । यसका कागजात सदनमा पेश हुनुपर्छ ।’

    नेपालले असंलग्न परराष्ट्र नीति अंगालेकाले कुनै पनि रणनीतिक कार्यक्रममा संलग्न हुन नहुने रावलले बताए । उनले भने, ‘अमेरिकी मन्त्रीहरुले यसलाई हिन्द प्रशान्त रणनीतिको कार्यक्रम भनेका छन् । उनीहरुको व्याख्या आधिकारिक हुन्छ कि हाम्रो व्याख्या आधिकारिक ? नेपाल यस्ता कार्यक्रममा संलग्न हुनु हुँदैन ।’

    नेता रावलले नेपालमा उठ्न बाँकी राजस्व संकलन गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘देशको सार्वभौम सत्ता, स्वाभिमान ओझेलमा पर्ने गरी सन्धिसम्झौता नगरौं । सरकार नै यस्ता कुरामा अग्रसर नबनोस्,’ रावलले भनेका छन् ।

    संसदबाट सम्झौता अनुमोदन नभई एमसीसीको कार्यालय खुल्ने, जग्गा अधिग्रहण गर्ने काम अगाडि बढेकोप्रति सांसद रावलले आपत्ति जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०३:५७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend