सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीले भने - चीनमा भएको उइगर उत्पीडनलाई नरसंहार घोषणा गर्नुपर्छ

क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीले भने - चीनमा भएको उइगर उत्पीडनलाई नरसंहार घोषणा गर्नुपर्छ

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 4.8K
    SHARES

  • क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीले भने - चीनमा भएको उइगर उत्पीडनलाई नरसंहार घोषणा गर्नुपर्छ

    क्यानडा - प्रधानमन्त्री जस्टिन ट्रुडोलाई चीन सरकारले सिन्जियाङका अल्पसंख्यक उइगरहरुमाथि गरेको उत्पीडनलाई नरसंहार घोषणा गर्न माग गरेका छन् । राजधानी ओटावास्थित प्रधानमन्त्री कार्यालय अगाडि करिब २०० मुस्लिम उइगरहरुले प्रदर्शन गरेका हुन् ।

    उनीहरुले क्यानडा सरकारलाई चीनमा भएको उइगर उत्पीडनलाई नरसंहारको संज्ञा दिन माग गरेका हुन् । राजधानी ओटावामा उनीहरुले विगत १५ दिनदेखि आन्दोलन गरिरहेका छन् । विभिन्‍न संगठनहरुले हस्ताक्षर गरेको संयुक्त विज्ञप्ति उनीहरुले प्रधानमन्त्री ट्रुडोलाई बुझाएका छन् । 

    उनीहरुले क्यानडा सरकार र ओलम्पिक कमिटीलाई पनि बेइजिङमा सन् २०२२ मा हुने विन्टर ओलम्पिक बहिष्कार गर्न पनि आग्रह गरेका छन् ।

    क्यानडाका ३३ जना सांसद्हरुले भने चिनियाँ उइगर उत्पीडनलाई नरसंहारको संज्ञा दिन नहुने बताएका छन् । प्रदर्शनकारीहरुले भने ती ३३ जना सांसदको पनि विरोध गरेका छन् । उनीहरु चीनसँग मिलेर मानवअधिकार उल्लंघनलाई बढावा दिन लागेको भन्दै विरोध पनि भइरहेको छ । 

    यसअघि अमेरिकी तत्कालीन विदेशमन्त्री माइक पोम्पिओले पनि चीनले सिन्जियाङमा उइगरहरुमाथि नरसंहार गरेको बताएका थिए । चीन सरकारले सिन्जियाङमा करिब १० लाख मानिसहरुलाई गैरकानुनी हिरासतमा राखेको छ । 

    उनीहरुलाई जबरजस्ती श्रममा लगाउने, यौन शोषण गर्ने, यातना दिनेलगायतका गतिविधिहरु भइरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १४ २०७८०६:०४:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend