माले - बेइजिङले आफ्नो धार्मिक अल्पसंख्यक समुदायप्रति गरिएको व्यवहारविरूद्ध माल्दिभ्सस्थित चिनियाँ दूतावासबाहिर व्यापक विरोध प्रदर्शन गरिएको छ । माल्दिभ्समा चिनियाँ दूतावासबाहिर शुक्रबार विरोध प्रदर्शन गर्दै मुस्लिमहरुमाथिको ज्यादती रोक्नसमेत आग्रह गरिएको छ ।
प्रदर्शनकारीहरुले 'लोन शार्क' (ऋण जालो) र 'चाइना आउट' लेखिएका ब्यानरहरु समातेर माल्दिभियन सरकारको चिनियाँ ऋणको बारेमा पनि चिन्ता व्यक्त गरेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टाइम्स अफ अड्डूका अनुसार विरोधको रिपोर्ट पछि माल्दिभ्स प्रहरीले उक्त क्षेत्र घेराउ गरेको थियो । राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले जुलाई १६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन कुराकानीपछि माल्दिभ्स सिनो सम्बन्धलाई पुनर्जीवित गर्ने आशा व्यक्त गरेको केही दिनपछि चिनियाँ दूतावासबाहिर प्रदर्शन गरिएको हो ।
चीनले उइगर समुदायका मानसिहरुलाई गैरकानुनीरुपमा सामूहित हिरासत शिविरमा राखेको,उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यहरूलाई जबरजस्ती विभिन्न श्रममा लगाएको भन्दै विश्वभरका विभिन्न मुलुकहरुबाट विरोध भइरहेको छ ।
यस वर्षको सुरुमा संयुक्त राज्य अमेरिकाले सिनज्याङमा भइरहेको चिनियाँ गतिविधिलाई नरसंहारको संज्ञा दिएको थियो । पछिल्लो समय अमेरिकी विदेश मन्त्रालयले ज्ञण् जना चिनियाँ अधिकारीहरुमाथि पनि प्रतिबन्ध लगाएको छ ।
विभिन्न अल्पसंख्यक उइगरहरुलाई जातिय हुई, कजाकलगायतका समुदायका मानिसहरुलाई विभिन्न १२ सयवटा हिरासत केन्द्रमा १० लाखभन्दा बढी मानिसहरुलाई राखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।