आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारमा जान मन्त्री छान्दै उपेन्द्र–बाबुराम, यी हुन् सम्भावित नाम !

देउवा सरकारमा जान मन्त्री छान्दै उपेन्द्र–बाबुराम, यी हुन् सम्भावित नाम !

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 9.3K
    SHARES

  • देउवा सरकारमा जान मन्त्री छान्दै उपेन्द्र–बाबुराम, यी हुन् सम्भावित नाम !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन् ।

    मन्त्री छान्ने विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो । मन्त्री छान्ने विषयमा बुधवार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

    बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए । बिहीवार पुनः बैठक बोलाइएको छ ।  

    मन्त्री छान्नेबार मापदण्ड बनाउन बैठक बोलाइएको थियो । बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरुले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए । समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेशलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताएका छन् । 

    ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेश हो । यसमा विचार गर्नुपर्छ भन्ने सुझाव आएको छ,’ उनले भने ।

    स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफू निकटबाट ठूलो दबाब आएको छ । मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरु कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । शुरूदेखि नै यादवलाई साथ दिएका नेताहरुलाई पनि मन्त्री बनाउने बाध्यता यादवलाई रहेको छ । मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन् ।

    निर्वाचन आयोगमा हेड काउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए । उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ ।

    स्रोतका अनुसार ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका प्रमोद साहलाई ‘मन्त्री बनाउँछु’ भन्ने आश्वास अध्यक्ष यादव स्वयंले दिएका थिए । त्यसैले प्रमोदलाई मन्त्री बनाउन यादवलाई दबाब परेको छ । रेणुका गुरुङ मन्त्री हुनका लाागि कित्ता परिवर्तन गरेकी छन् । ओली सरकारमा पनि रेणुका मन्त्री भएकी थिइन् । फेरि मन्त्री हुन पाइन्छ कि भन्ने गुरुङलाई ठूलो आशा छ ।

    मन्त्री हुनका लागि अमृता अग्रहरिले समेत कित्ता परिवर्तन गरेकी छन् । उनलाई पनि मन्त्री बनाउने आश्वासन यादवपक्षीय नेताहरुले दिएका छन् । पाएमा राज्यमन्त्री खान पाइन्छ कि भन्ने आशा लीला सिटौललाई समेत छ । सिटौलाले सुरूदेखि नै यादवलाई साथ दिएकी छन् । डा. सूर्यनाराण यादव र सुरेन्द्र यादवले पनि मन्त्री हुनका लागि विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन् । 

    ओली प्रधानमन्त्री भएको बेला सुरेन्द्र सरकारबाट हटाइएका थिए । सरकारमा अध्यक्ष यादव आफैं सहभागी हुने कि नहुने भन्ने पनि टुंगो नलागेको कार्यकारिणी सदस्य रमेश यादवले बताए । ‘केही कार्यकारिणी सदस्यहरुले अहिलेको सरकार चुनावी सरकार भएकाले अध्यक्ष आफैं सरकरमा जानुपर्छ भन्ने सुझाव आएको छ,’ यादवले भने, ‘तर केहीको सुझाव यसपटक अध्यक्ष सरकारमा जानुहुन्न भन्ने रह्यो ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend