काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि आज मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन् ।
बिहान ९ बजे राष्ट्रपति भवन शितलनिवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल पुगेका जानकारी दिए ।
‘नियमित चेकजाँचका लागि उहाँ जानुभएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नुभएको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।