सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जम्मु काश्मीरमा अक्सिजन आपुर्ति अभाव नरहेको सरकारको भनाई 

जम्मु काश्मीरमा अक्सिजन आपुर्ति अभाव नरहेको सरकारको भनाई 

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 4.5K
    SHARES

  • जम्मु काश्मीरमा अक्सिजन आपुर्ति अभाव नरहेको सरकारको भनाई 

    श्रीनगर - भारतको जम्मु काश्मीर सरकारले कोभिड १९ बिरुद्ध अपनाएका कदमहरुबारे उच्च अदालतमा जानकारी गराएको छ ।

    जम्मु काश्मीर सरकारले उच्च अदालत समक्ष कोभिड १९ माहामारीमा अक्सिजन आपुर्ति अभाव नरहेको बताएको छ ।

    प्रधान न्यायधिस पंकज मिथल र न्यायधिस सञ्जय धरको इजलासमा स्वास्थ्य तथा चिकित्सा शिक्षा विभागका वित्तिय आयुक्त अतल डुल्लोले  अक्सिजन आपुर्तिको अभाव नरहको शपथ पत्र पेश गरेका छन् । कोभिड १९ संक्रमितका लागि आवश्यक औषधिहरु पनि पर्याप्त रहेको शपथ पत्रमा उल्लेख गरेका छन् ।

    उनले जम्मु काश्मीरमा तीन हजार एक सय छैसठ्ठी लिटर प्रति मिनेटको तीन वटा अक्सिजन जेनेरेटर कारखाना तथा छ हजार पाँच सय नब्बे लिटर प्रति मिनेटको छ वटा अक्सिजन कारखाना परिचालित रहेको बताएका छन् । त्यस्तै अस्पतालहरुमा शैया अभाव नरहेको पनि उनले शपथ पत्रमा बताएका छन् ।

    जम्मु काश्मीरमा भेन्टिलेटर जडित तीन सय ३८ शैयाहरुमध्ये दुई सय सत्ताइस वटा जम्मु र एक सय एघार वटा काश्मीरमा उपलब्ध रहेको उनले बताएका छन् । स्रोत ईण्डीया ब्लूम्स

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ११ २०७८०९:५६:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend