काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको विवादबीच निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादवलाई आधिकारिकता प्रदान गरेको छ ।
आयोगले सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यको सनाखत लिएको थियो ।
जसपाका अध्यक्ष यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् भने पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले मात्रै हस्ताक्षर गरेका छन् । हाल कारागारमा सजाय भोगिरहेका जसपा सांसद रेशम चौधरीले निर्वाचन आयोग परिसर पुगेर तटस्थता देखाएका छन् ।
जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।