काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) अन्ततः उपेन्द्र यादव पक्षको हुने निश्चित भएको छ ।
निर्वाचन आयोगले सोमबार ५१ कार्यकारिणी सदस्यको हेड काउन्ट गर्दा ३४ जनाले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेको र जेलमा रहेका रेशम चौधरी पनि हस्ताक्षर गर्न आयोग जाँदै गरेको र उनले पनि यादव पक्षमै हस्ताक्षर गर्ने दाबी गरिएकाले बहुमत पक्ष उपेन्द्रतिर रहेको देखिएको हो ।
अन्तिम समयमा आएर महन्थ ठाकुर पक्षका राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरी उपेन्द्र समूहमा लागेका हुन् ।
जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । यदि उपेन्द्र यादव पक्षले जसपा पाएमा उसले महन्थ ठाकुर, राजेन्द्र महतोसहित सो पक्षका सांसदहरूलाई पार्टीबाट निलम्बन गर्न सक्छ ।
यदि उपेन्द्र यादव समूहले कारबाही गरेमा महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ पार्टी गठन गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।