काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद, कार्यकारिणी समिति सदस्य तथा टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीलाई भेट्न निर्वाचन आयोग नख्खु कारागार नै जाने भएको छ ।
जसपामा विवाद रहेका बेला सांसद रेशम चौधरीलाई सनाखत गर्न आयोगका पदाधिकारी नख्खु कारागार जान लागेका हुन् ।
आयोगका पदाधिकारी सांसद चौधरीको सनाखत गर्न सोमबार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आयोगका कर्मचारीले कारागारमै पुगेर चौधरीको सनाखत गर्ने भएका छन् ।
टीकापुर हत्याकाण्डका कारण निलम्बनमा रहेका चौधरीले जसपाका महन्थ ठाकुर, उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्ने भएका छन् । चौधरीले यी ३ विकल्पमध्ये कुनै एक विकल्प जेलभित्रैबाट लिनसक्ने विकल्प राखिएको छ । तर चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अर्थात् अध्यक्ष महन्थ ठाकुर नेतृत्वको पार्टीबाट जसपामा आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।