आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सत्ताको खेलमा सांसद नै सम्पर्कविहीन !

सत्ताको खेलमा सांसद नै सम्पर्कविहीन !

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 5.8K
    SHARES

  • सत्ताको खेलमा सांसद नै सम्पर्कविहीन !

    काठमाडौं – सत्ता र सरकार फेरबदलको खेल हुनसक्ने सम्भावनाबीच लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगा सम्पर्कविहीन भएकी छन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय सांसद ढेंगा सम्पर्कविहीन भएकी हुन् ।

    जसपाले सांसद ढेंगा आईतवार बिहान ११ बजेदेखि बेपत्ता भएका उजुरी ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको छ । जसपाले सत्तापक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पक्षले सम्पर्कविहीन बनाएको आरोप लगाएको छ । 
     
    जसपा प्रदेश अध्यक्ष अशोक यादवले आईतवार बिहानदेखि सांसद ढेंगा सम्पर्कविहीन भएकी जानकारी दिए ।

    ‘फोन गर्दा घण्टी जान्छ फोन उठ्दैन । घरमा जाँदा घरमा छोराले आमाको फोन उठ्दैन, बुवाको मोबाइल अफ छ भन्छन् । प्रदेशमा सरकार बनाउने गरे गिराउने खेल चलिरहेको छ । सत्तापक्ष उहाँलाई सम्पर्कविहीन बनाउने खेलमा त, लागेन भन्ने हामीलाई आशंका हो,’ यादवले भने ।

    पाल्पाकी सांसद ढेंगा जसपाकी समानुपातिक सांसद रहेकी छन् । प्रदेश सभामा ६ जना सांसद रहेको जसपामा यसअघि महन्त ठाकुर पक्षका ४ जना मन्त्री समेत बनेका थिए ।

    तर भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागेकी थिइन् ।

    एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले जसपाले झूटा आरोप लगाएको बताएका छन् । ‘उहाँहरूले हामीलाई सांसदलाई सम्पर्कविहीन बनाएको भन्ने आरोप खेदजनक र आपत्तिजनक छ,’ उनले भने । 

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले सांसद ढेंगा सम्पर्कविहीन भएको सूचना पाएपछि खोजी जारी रहेको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १९ २०७८०४:४२:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend