आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निर्वाचन आयोगले जसपामा उपेन्द्र र महन्थको शक्ति परीक्षण गर्ने, कसले मार्ला बाजी ?

निर्वाचन आयोगले जसपामा उपेन्द्र र महन्थको शक्ति परीक्षण गर्ने, कसले मार्ला बाजी ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 4.9K
    SHARES

  • निर्वाचन आयोगले जसपामा उपेन्द्र र महन्थको शक्ति परीक्षण गर्ने, कसले मार्ला बाजी ?

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालमा जारी विवादमा निर्वाचन आयोगले शक्ति परीक्षण गर्ने भएको छ ।

    आयोगले जसपाका दुवै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

    जसपा कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगको इजलासले आदेश दिएको छ । 

    पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुबै पक्षका कानून व्यवसायीको बहस सुनिसकेपछि आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित साउन ११ गते आयोगमा उपस्थित हुन सूचना दिएको छ ।

    तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेपनि त्यसलाई आयोगले मान्यता दिएन ।

    निर्वाचन आयोगले पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको छ ।

    कूल ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गरेको छ । अध्यक्ष यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गर्दै आएको छ । आयोगले तोकेको दिन कसले बाजी मार्छ ? हेर्न बाँकी छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०१:५०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend