आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच बिहानै भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच बिहानै भेटवार्ता, के भयो कुराकानी ?

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 5.3K
    SHARES

  • प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच बिहानै भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न ठाकुर आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    अध्यक्ष ठाकुरले देउवासँगको भेटमा आफ्ना माग पूरा गराउने विषयमा छलफल गरेका छन् ।

    निवर्तमान प्रधानमन्त्री ओलीको पक्षमा देखिएको जसपाको ठाकुर पक्षले अन्तिम समयमा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदै समर्थन गरेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष भने विपक्षमा हुँदादेखि नै देउवाको पक्षमा रहेको छ ।

    पछिल्ला समयमा देउवालाई विश्वासको मत दिएको ठाकुर पक्ष समेत सरकारमा जाने सम्भावना रहेको चर्चा भइरहेका बेला देउवा र ठाकुरबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत पाएयता अध्यक्ष ठाकुरले २ पटक बालुवाटार पुगेर भेटघाट गरेका छन् ।

    अध्यक्ष ठाकुर पक्षले सांसद रेशम चौधरीको रिहाइलाई महत्त्वका साथ उठाउँदै आएको छ । देउवाले चौधरीलाई रिहा गर्न आफू तयार रहेको जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend