आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका ३ गुट देउवा, पौडेल र सिटौलाबाट को–को बन्न सक्छन् मन्त्री ?

कांग्रेसका ३ गुट देउवा, पौडेल र सिटौलाबाट को–को बन्न सक्छन् मन्त्री ?

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 8.0K
    SHARES

  • कांग्रेसका ३ गुट देउवा, पौडेल र सिटौलाबाट को–को बन्न सक्छन् मन्त्री ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाइसकेपछि अब सबैको ध्यान मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएको छ ।

    हाल मन्त्रिपरिषद् ५ सदस्यीय रहेको छ । जसमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल रहेकी छन् ।

    अब मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवालाई आफ्नै पार्टीभित्रका गुट मिलाउन सकस परेको छ । कांग्रेसमा आफूसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुट रहेको छ ।

    नेपाली कांग्रेसले थप ४ मन्त्रालय पाउने सम्भावना देखिएको छ । जसमा आफ्ना गुटकासँगै पौडेल र सिटौला पक्षलाई मिलाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

    कांग्रेसको संस्थापन पक्षबाट डा. नारायण खड्का, डा. डिला संग्रौला, मीन विश्वकर्मा, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह आकांक्षी देखिएका छन् । यीमध्ये संग्रौला, खड्का र विश्वकर्माको सम्भावना बढी रहेको छ । विश्वकर्मा मन्त्री नभए देउवाले विश्वकर्मालाई कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनाउन सक्ने देखिएको छ ।

    संस्थापनइतर पक्षले महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये १ जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । यीमध्ये सुजाताको सम्भावना बढी छ । उनी परराष्ट्रमन्त्रीसँगै उपप्रधानमन्त्री हुने सम्भावना छ ।

    पौडेल पक्षबाट डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू समेत मन्त्रीका लागि चर्चामा रहेको छन् ।

    सिटौला पक्षबाट सांसदहरु गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीको नाम चर्चामा रहेको छ । सिटौलाले प्रधान र चौधरीमध्ये १ सांसदलाई मन्त्री बनाउन चाहेका छन् तर उनले कुनै निर्णय गरिसकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend