जम्मुकाश्मीर - विभिन्न प्रलोभनमा पारि आतंकवादी समूहमा सामेल गरिन लागेका १४ युवकलाई उद्धार गरि अभिभावलाई बुझाइएको छ । जम्मु काश्मीरको अनन्तनाग प्रहरीले आतंकवादी समूहमा जान लागेका १४ युवकको उद्धार गरि अभिभावकलाई बुझाएको बताइएको छ ।
करिब १८ देखि २२ वर्षसम्मका १४ उुवकहरुले विभिन्न स्थानीय आतंकवादी समूहको सम्पर्कमा रहेको र उनीहरूलाई आतंकवादी संगठनहरूमा भर्ती हुनका लागि पाकिस्तानमा रहेका आतंकवादीहरूले लोभ्याएर लैजान लागेको थियो ।
उनीहरूलाई उद्धार गरि जिल्ला प्रहरी कार्यालय अनन्तनागमा मंगलबार अभिभावकको जिम्मा लगाइएको छ । अनन्तनाग जिल्लाका विभिन्न क्षेत्रका यी १४ युवाहरूसँग विगत धेरै दिनदेखि प्रहरी अधिकारीहरुले धेरै परामर्शहरु गरेका थिए ।
उनीहरुसँग परामर्श गर्दै आतंकवादी समूहबाट छुटाएर अभिभावकलाई बुझाइएको हो । यस अवसरमा अनन्तनागका एसएसपीले अभिभावकलाई आफ्ना बच्चाहरूको गतिविधिहरूको बारेमा सचेत रहन र खराब तत्वहरूले युवा दिमागलाई आपराधिक क्रियाकलापहरूमा प्रभाव पार्ने मौका नपाउने सुनिश्चितता गर्न सल्लाह दिएका छन् ।
उनले युवाहरू देशको समग्र प्रगतिमा योगदान पुर्याउन रचनात्मक कार्यहरूमा संलग्न हुन सुनिश्चितता गर्न ठूलो आवश्यकता भएकोसमेत बताएका छन् । उनले समाज र समाजको सबैभन्दा ठूलो सम्पत्ति भनेकै युवा भएकोले युवा पुँजी लुट्ने प्रयास भइरहेकोप्रति पनि अभिभावकहरुलाई सचेत गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।