काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले देउवालाई मत दिने घोषणा गरे ।
यसरी अब नेकपा एमालेका माधवकुमार नेपाल पक्षले मतदान नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ ।
एमालेका नेपाल पक्षका केही नेताले समेत पक्षमा मत दिने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।