काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता सम्बन्धी विवादमा आईतबार निर्वाचन आयोगको इजलासमा भएको बहसबाट दुबै पक्षलाई आ–आफ्नो प्रमाण पेश गर्न आदेश भएको छ ।
दलको आधिकारिकतासम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले इजलास गठन गरेर आज आईतबारदेखि बहस सुरू गरेको हो ।
आईतबार दुबै पक्षको बहस सकिएको छ । दुबै पक्षका अधिवक्ताले बहस गरेपछि निर्वाचन आयोगले आ–आफ्ना प्रमाण पेश गर्न आदेश दिएको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहस गरेका अभिवक्ता वीरेन्द्र ठाकुरले जानकारी दिए ।
दुबै पक्षले आ–आफ्नो प्रमाण पेश गरिसकेपछि पुनः दुबै पक्षले २–२ घण्टा बहस गर्ने ठाकुरले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।