काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न भारतले नेपाललाई १५० आईसीयू बेड हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज आईतवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० आईसीयू बेड हस्तान्तरण गरेका छन् ।
आईसीयू बेड हस्तान्तरण गर्दै राजदूत क्वात्राले नेपालमा कोभिड–१९ विरुद्ध लड्नका लागि स्वास्थ्य पूर्वाधार विकासका लागि भइरहेको सहयोगलाई सुदृढ पार्दै जाने बताएका छन् ।
कोरोना महामारी विरुद्धको लडाइँमा भारतले लगातार सहयोग गर्दै आएको छ । यसअघि समेत भारतले कोरोना विरुद्धको खोप सहयोग गरेको थियो ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विभिन्न मुलुकले बधाईका साथै सहयोग गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।