काठमाडौं - एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्।
भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।
उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको १७ महिना देउवा सरकारले काम गर्ने बताएका छन्। उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्।
प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। आज बजे संसद् बैकठ बस्दै छ। प्रतिनिधिसभाको आज बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।