आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शितलनिवासमा शपथ रोकिएकोबारे राष्ट्रपति कार्यालयबाट स्पष्टीकरण, पढ्नुहोस् पूर्णपाठ

शितलनिवासमा शपथ रोकिएकोबारे राष्ट्रपति कार्यालयबाट स्पष्टीकरण, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 11.7K
    SHARES

  • शितलनिवासमा शपथ रोकिएकोबारे राष्ट्रपति कार्यालयबाट स्पष्टीकरण, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण राष्ट्रपति कार्यालय शितलनिवासमा हुन नदिई रोकिएको विषयमा स्पष्टीकरण आएको छ ।

    प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त खातीको शपथ शुक्रबार राष्ट्रपति कार्यालयमा हुन दिइएन । त्यसपछि उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट सर्वाेच्च अदालतमा शपथ लिएका छन् ।

    यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालना नियुक्त महान्यायाधिवक्ताहरूले राष्ट्रपति भण्डारीकै सामु शितलनिवासमा शपथ लिएको र देउवाको पालामा मात्रै रोकिएको भन्दै आलोचना भएपछि राष्ट्रपति कार्यालयले स्पष्टीकरण दिएको छ ।

    कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गरेका छन् । ‘महान्यायाधीवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधीवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको सपथ गर्नुपर्ने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    कोभिड–१९ संक्रमणको महामारीको अवस्थालाई मध्यनजरमा राख्दै राष्ट्रपतिसामु हुनुपर्ने व्यवस्थाबाहेक प्रधानन्यायाधीशबाट शपथ ग्रहण गराउन भनेर गत बैशाख ५ गते नै पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    पढ्नुहोस् विज्ञप्ति –

    rc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend