काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवाका महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ खुवाउन शितलनिवासमा ठाउँ नदिएर निहुँ खोजेपछि सर्वाेच्च अदालतमा शपथ गराइएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका महान्यायाधिवक्ताको शपथ शितलनिवासमै भएपनि देउवाका महान्यायाधिवक्ताको शपथका बेला राष्ट्रपति भण्डारीले निहुँ खोेजेकी थिइन् ।
विगतको प्रचलन विपरीत राष्ट्रपति भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथग्रहण समारोह शितलनिवासमा राख्न अस्वीकार गरिन् । त्यसपछि खातीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ खुवाउने भएकाले उतै परिपत्र गरिएको जानकारी खातीलाई दिएपछि सर्वाेच्च अदालतमा शपथ भएको छ । यसअघि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ खुवाउने परम्परा थियो ।
निवर्तमान ओली सरकारका पालामा नियुक्त २ महान्यायाधिवक्ता अग्नि खरेल र रमेश बडालले राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालय शितलनिवासमा नै शपथ खुवाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।