काठमाडौं – साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेशभर आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता तुल खड्काले आज शुक्रबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागू हुने बताएका छन् ।
कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्त्वका साथ साउने संक्रान्ति पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।
संघीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा ६ दिन बिदा दिने निर्णय गरेको छ । तोकिएबमोजिम केही दिन प्रदेश सरकारले समेत बिदा दिन पाउने प्रावधान रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।