आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारको निर्णय राष्ट्रपति भण्डारीबाट तुरुन्तै कार्यान्वयन, पढ्नुहोस् विज्ञप्ति 

देउवा सरकारको निर्णय राष्ट्रपति भण्डारीबाट तुरुन्तै कार्यान्वयन, पढ्नुहोस् विज्ञप्ति 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 8.0K
    SHARES

  • देउवा सरकारको निर्णय राष्ट्रपति भण्डारीबाट तुरुन्तै कार्यान्वयन, पढ्नुहोस् विज्ञप्ति 

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस सम्बन्धी निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीबाट तुरुन्तै कार्यान्वयन भएको छ ।

    राष्ट्रपति भण्डारीबाट संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा संवत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सर्वाेच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलोपटक बैठक बस्ने भएको छ ।

    prs.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend