काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटेका छन् ।
बुधबार देउवानिवास बुढानिलकण्ठ पुगेर क्वात्राले देउवालाई सफल कार्यकालका निम्ति बधाई तथा शुभकामना दिएका छन् ।
राजदूत क्वात्राले नेपाल र भारत बीचको साझेदारी र जनता–जनता बीचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
यसअघि मंगलबार देउवाले शपथ ग्रहण गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले देउवासँग मिलेर काम गर्न अमेरिका आतुर रहेको जनाएका थिए ।
नेपालसँग अमेरिकाको ७५ वर्ष पुरानो मित्रता रहेको स्मरण गर्दै राजदूत बेरीले बधाई तथा शुभकामना दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।