आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले राष्ट्रपतिलाई सिकाए पाठ, सर्वत्र प्रशंसा

प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले राष्ट्रपतिलाई सिकाए पाठ, सर्वत्र प्रशंसा

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 14.6K
    SHARES

  • प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले राष्ट्रपतिलाई सिकाए पाठ, सर्वत्र प्रशंसा

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीमा अहिलेसम्म पनि एमाले उपाध्यक्षको मुखुण्डो उत्रिएको छैन । आफ्नो पार्टीका अध्यक्षबाहेक अरु कोही पनि प्रधानमन्त्रीको कुर्सीमा बस्नै हुँदैन भन्ने उनलाई लागिरहेको छ ।

    त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवासँग सपथ नखाँदैदेखि उनको खटपट सुरु भएको छ । भण्डारीले अहिलेसम्म संविधान र कानुनविपरीतका केपी ओलीका कदमलाई सहयोग गर्दै आएकी थिइन् । त

    र, संविधानअनुसार नचल्ने उनको बानीलाई प्रधानमन्त्री देउवाले पहिलो दिन नै गतिलो झापड दिएका छन् । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन् । उनले मंगलबार पनि त्यही सिलसिला दोहोर्याइन् ।

    कांग्रेस सभापति देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतको परमादेशमा पनि त्यही उल्लेख छ । तर, भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरी सर्वोच्च अदालतको परमादेशअनुसार भनेर लेखिन् । भ

    ण्डारीको यो कदमको देउवाले शीतल निवासमै बसेर प्रतिवाद गरे । जसले गर्दा पर्दा पछाडिबाट खेल्ने केपी ओलीको मुखुण्डो मंगलबार राति नै च्यातियो । देउवाले नियुक्ति पत्र सच्याएपछि मात्रै पद तथा गोपनीयताको सपथ लिए ।

    कम्युनिस्ट र कांग्रेसमा कतिसम्म फरक हुन्छ भन्ने कुरा देउवाले राम्रैसँग सिकाएका छन् । कांग्रेस र माओवादी केन्द्रले ओली त्यत्तिकै चुप लागेर बस्दैनन्, शीतल निवासमार्फत खेल्न खोज्छन् भन्ने नबुझेका छैनन् ।

    तर, अब ओलीका एक एक षड्यन्त्र भने कांग्रेसले सशक्त रूपमा प्रतिवाद गर्ने संकेत देखिइसकेको छ । देउवाले पहिलो दिन नै शीतल निवासलाई पहिलो पाठ पढाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend