आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

७५ वर्षे मित्रता सम्झिँदै अमेरिकाले दियो देउवालाई बधाई !

७५ वर्षे मित्रता सम्झिँदै अमेरिकाले दियो देउवालाई बधाई !

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 9.8K
    SHARES

  • ७५ वर्षे मित्रता सम्झिँदै अमेरिकाले दियो देउवालाई बधाई !

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ ।

    देउवाले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले देउवासँग मिलेर काम गर्न अमेरिका आतुर रहेको जनाएका छन् ।

    नेपालसँग अमेरिकाको ७५ वर्ष पुरानो मित्रता रहेको स्मरण गर्दै राजदूत बेरीले बधाई तथा शुभकामना दिएका हुन् ।
    यसैबीच, नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।

    प्रधानमन्त्री देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् ।

    नवनियुक्त मन्त्रीमध्ये बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । खाँण कांग्रेसबाट मन्त्री बनेका हुन् ।

    कांग्रेसबाट अर्का मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

    नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेकी छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नयाँ सरकार बनेको छ ।

    यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि शुभकामना दिँदै चर्चित युवा नेता गगनकुमार थापाले कांग्रेसलाई चुक्ने सुविधा नभएको बताएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले निराश जनतालाई आशा र भरोसा दिलाउनुपर्ने बताए ।

    थापाले लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ, अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नुपरेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ । हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ । हार्दिक शुभकामना !’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend