काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले २ जनालाई पठाउने भएको छ ।
नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएकी हुन् ।
देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता शर्मा यसअघि नै ऊर्जा र गृहमन्त्री बनेका थिए भने भुसाल सामान्य प्रशासनमन्त्री बनेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई सर्वाेच्चको संवैधानिक इजलासको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छन् । देउवाले आजै शपथ लिँदैछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।