इस्लामावाद - पाकिस्तानको कोरोना भाइरस -अनुगमन निकाय, नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) ले आइतबार पाकिस्तान प्रशासित काश्मीर (पीओके) मा कोरोना महामारी बढ्दै गएका कारण निर्वाचन दुई महिनाको लागि स्थगित गर्ने सुझाव दिएको छ ।
पीओकेका प्रमुख निर्वाचन आयुक्तलाई लेखेको पत्रमा एनसीओसीले मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण निर्वाचन स्थगित गर्न सुझाएको हो । पत्रमा उल्लेख भनिएको छ, "निर्वाचनका कारण ठूलो राजनीतिक भेलाले राज्यमा सम्भावित घातक भाइरसको फैलावट बढ्नेछ र यसमा कोरोना भाइरास पॉजिटिभको संख्या पहिलै नै बढि भएका कारण निर्वाचन सम्भवन हुने देखिएन ।"
एनसीओसीले सेप्टेम्बर २०२० सम्म पीओकेका १० लाख बासिन्दाहरूलाई खोप लगाउनसमेत जनाएकोछ ।"यो कुरा याद गर्नुपर्दछ कि काश्मीर विधानसभाको अवधि जुलाई २ मा समाप्त हुनेछ, तर हालसम्म नयाँ चुनावको समयतालिका भने जारी गरिएको छैन ।
यसभन्दा अघि विपक्षी दलका प्रमुख राजा फारूक हैदरले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारलाई काश्मीर चुनावमा आफ्नो इच्छित परिणामहरू प्राप्त गर्न चाहेको आरोप लगाएका थिए ।
फारुख हैदरले प्रधानमन्त्री इमरान खानले चुनावमा हस्तक्षेप गरेको र चुनाव गराउन नचाहेको आरोप लगाएका थिए । उनले प्रधानमन्त्रीले जे गरे पनि काश्मिर कहिले पनि प्रान्त नुहेन जिकिर गर्दै अर्को दुई महिनाको लागि चुनाव स्थगित गर्न एनसीओसीको पत्र सरकारको निर्देशन अनुसार आएको बताएका छन् ।
"पीओकेका चुनावहरू मात्र स्थगित गर्न सकिन्छ यदि त्यहाँ बाह्य आक्रमण भएको छ,"फारूक हैदरले भने । "त्यस्ता पत्रहरूले काश्मिरका मतदाताहरूको अपमान गरेको छ । यो शक्ति पीओकेको विधान सभामा निहित छ, यद्यपि यो दृष्टिकोणले राज्यमा राजनीतिक तनाव पैदा गर्दछ ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।