काठमाडौं – कडा सुरक्षा घेरामा रहने राष्ट्रपतिको घरभित्रै हत्या भयो भन्दा पत्यार लाग्दैन । तर हैटीका राष्ट्रपति जोभेनल मोइसेको घरभित्रै हत्या भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार राष्ट्रपति मोइसेको बुधवार घरमा हत्या भएको छ ।
हैटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले वक्तव्य जारी गर्दै हत्याबारे जानकारी दिएका छन् ।
घटनामा राष्ट्रपतिकी श्रीमती समेत घाइते भएकी समाचारमा जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।